यस्तो बन्यो भक्तराज आचार्यको बायोपिक ‘आचार्य’को ट्रेलर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक भक्तराज आचार्यको बायोपिक ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ। शनिबार सार्वजनिक भएको ट्रेलरमा आचार्यको गायनयात्रा र स्वर गुमाएपछिको जीवन संघर्ष प्रस्तुत गरिएको छ।

क्लिष्ट र मधुर स्वरका धनी आचार्यले एक आक्रमणमा परि पुनः सागीतिक जीवनमा फर्किने प्रयासमा रहिरेहका बेला जिब्रोमा देखिएको सेतो दाग क्यान्सर पुष्टि भएपछि पीडादायी जीवन जिउन बाध्य भएका थिए।

उनका यस्तै उतारचढावको कथामा माथि १३ वर्ष अघि बनेको सिनेमामा पुनः प्रदर्शन गरिन लागिएको हो।

प्रशान्त रसाइली सिनेमाका निर्देशक हुन्।

यो बायोपिकमा भक्तराजका छोरा सत्यराज आचार्यले नै बाबु भूमिकामा अभीनय गरेका छन्।

सत्यराजका अलावा सिनेमामा सुनील पोखरेल, दयाहाङ राई, अरुणा कार्की, विपीन कार्कीलगायत कलाकार मुख्य भूमिकामा छन्। 

सिनेमाको निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको ट्रिमिङ्ग तथा पुन सम्पादनको काम टुल्की निर्देशक देवजंग थापाले गरेका छन् । 

सिनेमामा भजन शिरोमणी तथा वरिष्ठ गायक भक्तराज आचार्यको निधन पश्चातका मोन्टाज दृश्यहरु समावेश गरिएका छन्।

सिनेमाका निर्माता रोशन राई हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।