राप्रपा नेपाल कार्य सम्पादन समितिको बैठक आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा , स्थानीय तहहरूको अधिवेशन, सङ्गठन सुदृढीकरण सङ्गै सक्रिय सदस्यता वितरण अभियानबारे छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेस हुने कार्यपत्र र प्रतिवेदनहरू समेत पास गर्नेछ ।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्री द्वय भास्कर भद्रा र राजाराम बर्तौलाले क्रमशः सचिवालय र सङ्गठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको पार्टीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।