सुनको ओरालो यात्रा कायमै,कतिमा हुँदैछ किनबेच ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेकोको छ । बिहीबार १८ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार पनि १८ सय रुपैयाँले नै घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार तेजाबी सुन १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने शुक्रबार प्रतितोला १० रुपैयाँ मात्र घटेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।