राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता, संसदमा देखिएको गतिरोधको विषयमा छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेट भएको छ। दुवैबीच शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट भएको हो।

भेटमा संसदको गतिरोध र सरकारले ल्याउन लागेको बजेटको तयारी लगायतका विषयमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिलाई जानकारी गराएका छन्।

संसदको गतिरोधबारे चासो र चिन्ता व्यक्त गर्दै राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझाव समेत दिएका थिए।

सहकारीको रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन गर्नुपर्ने माग गर्दै कांग्रेसले संसदमा अवरुद्ध गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।