सडक आन्दोलनका लागि कांग्रेसले ताेक्याे कमाण्डर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सहकारीको रकम अपचलनविरुद्ध सडक आन्दोलनमा उत्रेको नेपाली कांग्रेसले विभिन्न जिल्लाका लागि कमाण्डर खटाएको छ।  

कांग्रेस प्रचार विभागका अनुसार काठमाडौँमा अब्दुल सतार, सीता थपलिया (उर्मिला), रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा.डिला संग्रौला, सरिता प्रसाईं रहेका छन्। ललितपुरमा उमाकान्त चौधरी, देवेन्द्रराज कँडेल र अर्जुन जोशी तोकिएका छन् भने भक्तपुरमा इन्द्र बानियाँ र गणेश लामा तोकिएका छन्।

सहकारीहरूको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै छानबिन समितिको माग गर्दै आएको छ।

कांग्रेसले बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन लगायत सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै आएको छ । सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएको आरोपसहित संसद् अवरोध गर्दै आएको कांग्रेसले यसअघि शुक्रबारबाट सडक आन्दोलन गर्ने निर्णय गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।