रास्वपाले गर्‍यो धुञ्चेमा सम्पर्क कार्यालयको स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवाको धुञ्चेमा सम्पर्क कार्यालयको स्थापना गरेको छ। 

धुञ्चे स्थित सेन देकी शेर्पाको घरमा शनिबार पार्टीका प्रमुख सचेतक माननीय सन्तोष परियारले रास्वपाको झण्डा फहराएर सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन्। सम्पर्क कार्यालय सञ्चालनको लागि शेर्पाले आफ्नो घर ५ वर्षका लागि निशुल्क उपलब्ध गराएका हुन।

सम्पर्क कार्यालयको स्थापनापछि पार्टीका गतिविधिहरुलाई अझ प्रभावकारी र व्यवस्थित रुपमा अगाडि बढाउन सहयोग पुग्ने सचेतक  परियारले बताए।

त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रसुवाका जिल्ला संयोजक मान बहादुर तामाङले पार्टी निर्माणमा योग्दान गर्नु भएका सवैलाई धन्यवन्द दिर्दै रसुवामा जनताको आवाजहरुलाई बुल्द पार्दै आएको अब समाज परिवर्तको बेला भएकाले पुराना कुरा बिर्सेर सबै नागरिक एक हुनुपर्ने  बताए।  

उक्त कार्यक्रममा केन्दिय सदस्य रामकृष्ण भट्टराई, बागमती प्रदेश सभापति डा अचुतम लामिछाने र वागमती प्रदेश कमिटीका पदाधिकारीहरु विभागिय सदस्यहरु लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।