प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन्। 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री भएको १६ महिनामा उनले विश्वासको मत लिएको यो चौथोपटक हो।

प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत पर्‍यो भने विपक्षमा शून्य मत परेको छ। यस्तै मत दिन्न भन्नेमा १ मत परेको छ। कांग्रेसले भने नाराबाजी गर्दै विश्वासको मत विभाजनमा भाग लिएन। 

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गडनको माग गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल लगायतका दलको नाराबाबजीबीच उनले विश्वासको मत लिएका हुन्।

अब अर्को बैठक भोलि बिहान ११ बजे बस्नेगरी सभामुखले बैठक स्थगित गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।