प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूको अवरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायतका प्रतिपक्षी दलका सांसदले उठेर बैठकमा अवरोध गरिरहेका छन् । 

सभामुख देवराज घिमिरेले आजको प्रारम्भ भएको घोषणा गरेलगत्तै कांग्रेसलगायतका प्रतिपक्षी दलका सांसदहरू उभिएर विरोध जनाएका थिए। 

सभामुख घिमिरेले आजको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने महत्वपूर्ण कार्यसूची रहेको भन्दै आआफ्ना स्थानमा बस्न लगातार आग्रह गरिरहेका छन् ।  

तर, कांग्रेस सांसदहरूले बेल घेराउ गर्दै ‘सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर’ भन्दै नारावाजी गरिरहेका छन्।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।