प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ।

सोमबार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठक पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए। 

उनले विश्वासको मत लिने कुरामा प्रमुख प्रतिपक्ष र प्रतिपक्षहरुले संसद अवरुद्ध नगर्ने आफूहरुको विश्वास रहेको बताए।

उनले भने, ‘सरकारले विश्वासको मत प्राप्त गर्नका लागि सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत लिनुहुने भएकाले हामीले विश्वासको मत दिन ह्वीप जारी गरेका छौँ। रास्वपाले आफ्ना सम्पूर्ण प्रतिनिधि सभा सदस्यहरुलाई ह्वीप लगाउने निर्णय भएको छ। विश्वासको मत लिने कुरामा प्रमुख प्रतिपक्ष र प्रतिपक्षहरुले त्यस्तो गर्लान् जस्तो लाग्दैछ। अवरुद्ध हुन्छ भन्ने लाग्दैन।’

प्रमुख सचेतक परियारले संसदीय अभ्यासमा संवैधानिक काम गर्दा प्रतिपक्षले अवरोध गर्नु नहुने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।