मानसरोवर यात्राले रसुवागढी नाकामा बढ्यो चहलपहल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा  । चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा शुरु भएसँगै रसुवागढी नाकामा चहलपहल बढेको छ। कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुका कारण चहलपहल बढेको हो।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले पछिल्लो समय दैनिक औसत ४०यात्रु मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी दिए। यो नाकाबाट मानसरोवर ९५० किलोमिटर टाढा छ ।

नेपालबाट मानसरोवर जानका लाग रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाडौंबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु आएको प्रमुख निरौराको भनाइ छ। उनका अनुसार पछिल्लो समय चिनिया नागरिक पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।