सुनको मूल्य सामान्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार कीर्तिमान कायम भएको सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ।

यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज एक लाख ३८ हजार छ सय ५० तय भएको छ।

चाँदीको मूल्य पनि तोलामा रु पाँचले घटेको छ। बिहीबार तोलामा एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको भने रु एक हजार आठ सय निर्धारण भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।