‘पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेज’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले पोखरा र भैरहवा विमान स्थल सञ्चालनका लागि विशेष प्याकेजको व्यवस्था गर्ने भएको छ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हवाइ नीति र कानुनमा समसामयिक सुधार गरिने बताए।

‘हवाइ सेवालाई सुरक्षित सुलभ र पहुँचयोग्य बनाइनेछ। आन्तरिक र अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती गरी पूर्ण क्षमतामा सञ्चालन गरिने छ। पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरिनेछ,’ उनले भने।

साथै नेपाली वायुसेवा कम्पनीहरुको अन्तराष्ट्रिय बजारमा विस्तार गरिने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।