अर्थतन्त्रमा क्रमशः सुधार आएको छ : राष्ट्रपति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वित्त तथा मौद्रिक नीतिको सामञ्जस्य कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएका छन्।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको  र मूल्य वृद्धिदर पनि घटेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको छ। मूल्य वृद्धिदर घटेको छ । कानूनहरुमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम उच्च रहेको छ’, नीति कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति पौडेलले भने।

पौडेलले बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताए । शोधनान्तर र चालु खाता बचतमा रहेको पनि बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।