यो वर्ष ५ लाख सुकुमबासीको समस्या समाधान गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आगामी वर्ष ५ लाख सुकुमबासीको समस्या समाधान गर्ने बताएको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा मार्फत ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने नीति ल्याएको छ।

गुठी सम्बन्धी कानुन व्यवस्थित गर्ने र दोहोरो स्वामित्वको समस्या समाधान गर्ने पनि सरकारले बताएको छ।

यस्तै, सरकारले बन्द  उद्योग चलाउने नीतिलाई पुनः दोहोर्‍याएको छ। राष्ट्रपति पौडेलले बन्द उद्योग कलकारखाना व्यवस्थापन गर्न निजी लगानी आकर्षित गरिने बताए ।

निजी क्षेत्र प्रतिस्पर्धी भएका गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योगलाई सम्भाव्यताका आधारमा सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।