डीआईजी खापुङको ‘अजम्बरी जीवन होइन’ सार्वजनिक(भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुबेर खापुङको शब्द रचना रहेको गीत ‘अजम्बरी जीवन होइन’ सार्वजनिक भएको छ। गीतको भिडियो डिआर प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

आलोक श्रीको संगीत रहेको यस गीतमा गायक उदय सोताङको स्वर रहेको छ। यस गीत दाजु स्व. त्रैलोक्य खापुङप्रति समर्पित गरिएको गीतकार खापुङको भनाइ छ। गीतको भिडियोमा सुरेश कोहली, स्मारिका ढकाल र रोशन बान्तावाको अभिनय रहेको छ भने साहस अमात्यले सहायक भूमिका निर्वाह गरेका छन्।

दौलत राईको निर्देशन रहेको यस भिडियोलाई रामचन्द्र राईले छायांकन गरेका हुन्। भिडियोको सम्पादन दिन्सोन राई, श्रीङ्गार सुवास तिमल्सिना, सह निर्देशन पुनम श्रेष्ठ र प्रोडक्सन म्यानेजर आइक्याच स्टुडियोको रहेको छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।