निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादव सर्वोच्चमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

निर्वाचन आयोगले दलको न्युनतम सर्त र प्रक्रिया समेत पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरेको दाबीसहित यादव सर्वोच्च पुगेका हुन्।

सर्वोच्चले आगामी जेठ २ गते यादवको रिटमा पेसी तय गरेको छ। उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अशोक राईको नेतृत्वमा सात जना सांसदसहित निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता भएको थियो।

आयोगले राई नेतृत्वको समूहलाई जनता समाजवादी पार्टीको नामसहित दलीय मान्यता दिएको छ।

यादवले कानुन नै नभएको समयमा दल विभाजन हुन नसक्ने दाबी सर्वोच्चमा गरेका छन्। निर्वाचन ऐन नभएका बेला नियमावलीका भरमा दल विभाजन गर्न नपाइने भन्दै आयोगको निर्णय बदर घोषित गर्न माग गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।