आफ्ना माग वेवास्ता गरिए कोशी प्रदेशसभा बैठक अबरुद्ध गर्ने कांग्रेसको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माेरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत लिने तयारी भइरहेका बेला नेपाली कांग्रेसले बैठक अबरुद्ध गर्ने तयारी गरेको छ।

कार्की नेतृत्वको सरकारको वैधतामा प्रश्न उठाउँदै अदालतमा मुद्दा विचाराधीन रहेको बेला विश्वासको मत लिन नमिल्ने भनाई कांग्रेसको छ।

यस बिषयमा कांग्रेसले संविधान, कानुन र अदालतमा विचाराधीन मुद्दाका विषयमा सभामुखको ध्यानाकर्षण गराउने र बेवास्ता गरे प्रदेश सभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ।

बिहान ११ बजे बस्ने भनिएको बैठक अझै सुरु हुन सकेको छैन । कांग्रेस अहिले आन्तरिक छलफलमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।