सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

अघिल्लो दिन अर्थात् आइतबार १ लाख ३८ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ३८ हजयार १०० रुपैयाँ कायम भएको छ । यता, तेजावी सुनको मूल्य भने १ लाख ३७ हजार ४५० रुपैयाँ तोकिएको छ ।

यस्तै, सोमबार चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ७१५ रुपैयाँ कायम भएको छ । आइतबार भने १ हजार ७२५ रुपैयाँमा किनबेच भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।