इजरायलमा मारिएका ६ जनाको शव घर पुर्‍याउन लाग्ने खर्च सरकारले व्यहोर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सरकारले प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परी मृत्यु भएका ६ जना नेपाली विद्यार्थीको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुयाउँदा लागेको खर्च व्यहोर्ने भएको छ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारले गृह मन्त्रालयको प्रस्तावमा जम्मा लागेको खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी दिने निर्णय गरेको सूचना तथा संचार प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले बताइन्।

‘इजरायल घट्नामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पु¥याउँदा लागेको कुल खर्चै रु.२८,३६,८३४ सम्बन्धि पक्षलाई भुक्तानि गर्ने भन्ने बैठकले निर्णय गरेको छ,’ उनले भनिन्।

यस्तै, मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राईलाई प्रशासन विभागमा र सुदिप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्ने पनि निर्णय गरेको पनि उनले जानकारी दिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।