कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।  

बजेट अधिवशेनका पहिलो बैठक सुरु भएलगत्तै कांग्रेसले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थागित गरिएको थियो। सहकारीको रकम अपचलन प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने माग गर्दै कांग्रेसले बैठक अवरोध गरेको हो।

१५ मिनेटका लागि भनेर स्थगित भएको प्रतिनिधि सभाको करिब २ घण्टा फोरि सुरु भयो । तर, कांग्रेसले अवरोध कायमै राखेपछि बैठक स्थगित गरिएको हो।

कांग्रेस सांसदहरुले अवरोध गरेपछि सभामुख घिमिरेले आजको कार्यसूचमा रहेका बाँकी कार्यक्रमहरु हटाउँदै संसद बैठक स्थागित गरेको घोषणा गरे।

प्रतिनिधिसभाको अर्को बैठक जेठ १ गते साँझ ६ बजे बस्नेछ।

नाराबाजीबीच नै सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामितानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले गहृमन्त्रीलाई रोस्टममा जानबाट रोकेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।