जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचारको अभियोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार र उपमेयर रौशन खातुनसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

जलेश्वर नगरपालिका–१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर साह, उपमेयर खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, अरु कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचारको अभियोग लगाइएको होे।

अख्तियारको अनुसन्धानपछि योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६ सय ३७ रुपैयाँ भुक्तानी भएको दाबीसहित दामाशाहीले बिगो भराउन मागदाबी गरिएको छ।

अभियागपत्रमा अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सव–इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीलाई पनि प्रतिबादी कायम गर्दै भ्रष्टाचार निबारण ऐन, २०५९ अनुरुप सजाय र विगो असुलीको माग गरिएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।