सुधार केन्द्रमा युवक मृत्यु प्रकरणमा सञ्चालकसहित १७ जना प्रहरी नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । कैलालीको सुधार केन्द्रमा युवकको मृत्यु भएको घटनामा अनुसन्धानका लागि प्रहरीले सुधार केन्द्र सञ्चालकसहित १७ जनालाई नियन्त्रणमा लिएको छ।

कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको थियो।

उक्त प्रकरणमा अनुसन्धानका लागि सुधार केन्द्रका सञ्चालक बल खत्री, सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मृतक शाहीको शरीरका विभिन्न भागमा घाउ चोटपटक रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

मृतक शाहीका परिवारले सुधार केन्द्रले २५ दिनयता शाहीसँग भेट्न र कुराकानी गर्न समेत नदिएको बताउँदै घटना शंकास्पद रहेको दाबी गरेका छन्। शाहीलाई उनका अभिभावकले गत पुसदेखि सुधार केन्द्रमा राखेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।