बागमती प्रदेशमा आज सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेशमा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ। 

नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू भएको दिनको अवसरमा आज सार्वजनिक बिदा दिइएको बागमती प्रदेश सरकारले जनाएको छ। 

आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौँडाले सबै सरकारी कार्यालयमा आज सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ। 

प्रदेश सरकारका सचिवले पूर्ण बहादुर दर्जीले यसबारे जानकारी गराउँदै सूचना प्रकाशन गरिएको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।