बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा रुपमा प्रयोग गरिने भएको त ।

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा बिहान ९ बजे हुने विशेष कार्यक्रममा भाषा प्रयोगको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले नेवारी र तामाङ भाषा आजदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याउन लागेको जानकारी दिए ।

बज्राचार्यका अनुसार भाषा कार्यान्वयनको घोषाणा अघि वसन्तपुरबाट विभिन्न वेषभूषा र झाँकीसहितको ¥यालीले काठमाडौं नगरको परिक्रममा गर्ने जानकारी दिए ।

बागमती प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल) र तामाङ भाषा सरकारी कामकाजको प्रयोगमा ल्याइने खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।