१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार एक सय रुपैयाँको नयाँ नोटको डिजाइन परिमार्जन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । एक सय रुपैयाँको नोटमा यसअघि नेपालको पुरानो नक्सा थियो ।

भारत अधीनस्थ रहेको कालापानी–लिपुलेक क्षेत्र समेटेर सरकारले बनाएको चुच्चे नक्सालाई विसं २०७७ सालमा संघीय संसद्‌ले अनुमोदन गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।