अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय २ दिन बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल ।  केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा विदा दिएको छ । 

वार्षिक कार्यतालिकामा रहेको विदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरुमा विदा दिने निर्णय गरेको हो । 

गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन विदा दिन निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विज्ञप्तिमार्फत् जनाएका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।