रास्वपाको केन्द्रिय समिति बैठक वैशाख २९ मा बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपनिर्वाचनमा नराम्रो पराजय व्यहोरे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  केन्द्रीय समितिको बैठक बोलाएको छ।

रास्वपाले वैशाख २९ का लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो। बैठकमा उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ।

त्यसअघि वैशाख २४ संसदीय दलको बैठक र शुक्रबार सचिवालय बैठक बस्नेछ।

इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो । यो परिणामलाई रास्वपाका नेताहरुले अनपेक्षित भनेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।