टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा, को-को परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । सन् २०२२ को टी-२० विश्वकप च्याम्पियन इंग्ल्यान्डले आइसिसी पुरुष टी-२० विश्वकप २०२४ का लागि आफ्नो टोली घोषणा गरेको छ।

जुन १ देखि वेस्ट इन्डिज र अमेरिका हुने विश्वकपका लागि इंग्लिस टोलीमा तीव्र गतिका बलर जोफ्रा आर्चर र अलराउन्डर क्रिस जोर्डन पनि समेटिएका छन्। इंग्ल्यान्ड समूह ‘बी’ मा छ। समूहमा इंग्ल्यान्डसँगै अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन्। इंग्ल्यान्डले पहिलो खेल स्कटल्यान्डसँग बार्बाडोसमा खेल्नेछ।

इंग्ल्यान्डको टोली: जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोपले, मार्क उड।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।