वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   टी–२० शृङ्खलाको दोस्रो खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ ।   आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वेष्ट इन्डिज ‘ए’ ले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि नौ विकेट गुमाएर १५० रनमात्र बनाउन सक्यो ।

नेपालका कप्तान रोहितले ७१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ४८ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए । 

गुल्सन झाले ११ बलमा तीन चौका र दुई छक्कासहित २६ रन बनाए । लोकेश बमले १७ र आरिफ सेखले १२ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वेस्ट इन्डिजका ओबेड म्याकोय र गुडाकेश मोटेले समान दुई विकेट लिए । ओसेन थामस र कप्तान रोस्टन चेजले एक–एक विकेट हात पारे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।