‘बोक्सीको घर’ आजबाट हलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आजबाट नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ रिलिज भएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो । 

केकी अधिकारी, सुलक्षण भारती, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा रहेको चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गरेका छन् । लेखन पनि निर्देशक स्वयं भारतीको छ ।  

‘बोक्सीको घर’ले सिनेमा घरमा उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सिनेमालाई उच्च शो दिएको छ । काठमाडौं उपत्यकामा २४ र बाहिर ३२ सहित देशभरका आफ्ना आउटलेटमा क्यूएफएक्सले ५६ शो प्रदान गरेको छ । 

चलचित्रको निर्माता बद्री अधिकारी हुन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।