चाउचाउमा एसिड भ्यालु धेरै भेटिएपछि चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चाउचाउमा एसिड भ्यालु धेरै भेटिएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । 

चाउचाउ अखाद्य रहेको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरेको हो । ब्याज नं. ६० जीएसआरएस २०, २०८० मा उत्पादित चाउचाउमा एसिड भ्यालु धेरै देखिएको भन्दै तुरुन्त बजारबाट उक्त लटको उत्पादन फिर्ता गरी त्यसको प्रमाणसमेत पेश गर्न महानगरपालिकाले निर्देशन दिएको छ।

महानगरपालिकाले सो चाउचाउको नमूना प्रयोगशालामा परीक्षणका लागि लगेकोमा परीक्षण प्रतिवेदनले खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।

खाद्य प्राविधिकहरूले यस्तो हुनुलाई तेलको गुणस्तर नभएको भनेका छन् । यस्तो चाउचाउको निरन्तरको सेवनले क्यान्सरलगायत घातक रोग लाग्न सक्ने उनीहरूको भनाइ छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।