नेपाल आइपुगे कतारका राजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन्।

निजी विमान मार्फत अमिर शेख दिउँसो ३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका हुन्।

अमिर शेखलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नेछन्।

बंगलादेश हुँदै नेपाल आएका अमिरलाई विमानस्थलको अति विशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम छ।

अमिरले आजै साँझ राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्ने छन्। उनले भोलि प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षी वार्ता गर्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।