लगानी सम्मेलानमा १४८ आयोजना शोकेसमा राखिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा १४८ आयोजनाहरू शोकेसमा राखिने भएको छ ।

मंगलबार काठमाडौंमा बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनका लागि प्रविधिक समितिबाट सिफारिस भइ आएका उक्त आयोजनाहरुलाई शोकेशमा राख्नका लागि स्वीकृति दिएको हो।

बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले केही छुटेका परियोजनाहरुलाई सम्मेलनमा शोकेसमा राख्नका लागि कार्यान्वयन समितिको बैठकले छलफल गरी आवश्यक निर्णय लिने जानकारी दिए।

त्यस्तै बैठकले ह्वासिन सिमेन्ट परियोजनाको लगानी स्वीकृत गर्नका लागि अध्ययन प्रतिवेदनका आधारमा ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत दिएको उहाले बताए। बैठकले डावर नेपालको क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि वार्ता समिति गठन भएको उपाध्यायले जानकारी दिए।

बैठकमा निजि क्षेत्रले लगानी सम्मेलनको तयारीका बिषयमा प्रसन्नता व्यक्त गरेको र बिभिन्न ऐन संशोधन गर्ने सरकारको तयारीप्रति आभार व्यक्त गरेको उाले बताए।

बैठकमा बोर्डका पदाधिकारीहरुले लगानी सम्मेलनको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।