कनेक्ट आईपीएसको अफर : स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कनेक्ट आईपीएसले स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने अफर योजना ल्याएको छ । यो अफरअन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम रु १० हजारसम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्नेछन् ।

यो अफर कनेक्ट आईपीएसबाट बैशाख ३१ गतेसम्म अनलाइन शुल्क भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्य पछी कनेक्ट आईपीएसको आधिकारिक वेबसाईटमा विजेताको जानकारी प्रकाशित गरिने कम्पनीले जनाएको छ ।

साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तीको रकम जम्मा गरिने जनाइएको छ । कनेक्ट आईपीएसबाट ७०० भन्दा बढी स्कूलहरुको भुक्तानी गर्न सकिन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।