नेपाल कै अग्लो ‘दमक भ्यू टावर’ निर्माण सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दमक भ्यू टावरमा आज पहिलो पटक सबै बत्ती बालिएको छ।

सरकारको डेढ अर्ब लगानीमा बनेको दमक भ्यू टावरमा विहीवार एकैपटक सबै बत्ती बालिएको हो । संरचना निर्माणतर्फ ९६ प्रतिशत भौतिक प्रगति भइसकेको छ । सञ्चालनमा भने आएको छैन् ।

सरकारले २०७६ सालमा एक अर्ब ३८ करोड रुपैयाँमा सक्ने गरी ठेक्का लगाएको यो टावरको लागत बढेर एक अर्ब ४५ करोड (भ्याट) बाहेक पुगेको आयोजनाले जनाएको छ । टावरको उचाइ १०० मिटर (धरहराभन्दा १० मिटर अग्लो) छ।

वाहृय तथा आन्तरिक पर्यटक आकर्षित गर्ने लक्ष्य राखेर दमक नगरपालिका-३ दापगाछीमा बनेको यो टावरमा पार्किङ, उद्यान, पार्क, बाल उद्यानसहितका संरचनासहित बनेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।