कोरम नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सांसदहरूकाे काेरम नपुग्दा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।

बैठक मंगलबार बिहान साढे १० बजेका लागि डाकिएको थियो। तोकिएको समयभन्दा १५ मिनेट पछिसम्म पनि सांसदहरूकाे कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो।

बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्नेमा ८ जनाकाे मात्रै उपस्थिति थियाे।  बैठकका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगेका थिए तर बैठक नहुने भनेपछि उनी बाहिरिएपछि सचिव र कर्मचारीहरू पनि उठेर हिँडे।

आजको बैठकमा सरकारको तर्फबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र अवस्थाको बारेमा छलफल गर्ने कार्यसूची थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।