क्लासिक टेकको नयाँ वर्ष अफर, १ वर्षको जडान गर्दा १३ महिना बोनस पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ।

यस अफर अन्तर्गत ग्राहकले २०० एमबीपीएसको इन्टरनेट एक वर्षका लागि जडान गर्दा २५ महिनासम्म इन्टरनेट चलाउन पाउने छन् । जसमा १३ महिना इन्टरनेट र १३ महिना आइपीटीभी सर्भिसमा बोनस समेत हुने कम्पनीले दाबी गरेको छ।

२०० एमबीपीएसको वार्षिक जडान खर्च मात्र रु. ५६६ (प्रतिमहिना) रहेको छ । यस अफरमा २५ महिना बोनसका साथै फाइभ गिगाहर्ज डुअल ब्याण्ड राउटर र स्मार्ट सेट तप बक्स पनि उपलब्ध गराइएको छ।

कम्पनीले हाल २४ घण्टा र ७ दिन नै सेवा दिँदै आएको छ । उक्त अफरमा अन्तर्गत जेटटीई कम्पनीको राउटर र कारो टीभीको आइपीटीभी सर्भिस पाउने छन्।

कम्पनीले ग्राहकलाई मध्येनजर गर्दै नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहक वर्गका लागि पनि रिचार्ज अफर ल्याएको छ । साथै ग्राहकहरूले रिफर गरे बापत पनि थप २ महिना बोनस समेत प्राप्त गर्न सक्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।