सुजनले दोस्रो पटक छेडाए जिब्रो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ८ बोडेमा बिस्का जात्राअन्तर्गत हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पनि सुजन बाग श्रेष्ठले आफ्नो जिब्रो छेडाएका छन् ।

२८ वर्षीय सुजनले यसअघि पहिलो पटक जिब्रो छेडाएका थिए । सुजनका बुद्धकृष्ण बाग श्रेष्ठले समेत नौ पटक जिब्रो छेडाइसकेका छन् ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र विघ्नबाधा आउने जनविश्वास छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।