त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा.खड्क केसी र रजिष्ट्रारमा प्रा.डा.केदार रिजाललाई नियुक्त गरेका छन्।

त्रिविका उपकुलपति प्रा.डा.केशरजंग बरालले प्रधानमन्त्री समक्ष उक्त नाम सिफारिस गरेका थिए। त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपतिले नियुक्ति गर्नुपर्ने प्रावधान छ।

रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् । प्रा.केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।