सिन्धुलीको कमलामाईस्थित एनसेल टावरमा विस्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ।

बुधबार राति करिब १ बजेतिर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

विस्फोटका कारण आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जनाइएकाे छ। विस्फोट भएको ठाउँवरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार विस्फोटमा संलग्न भएकाहरू अहिलेसम्म पक्राउ परेका छैनन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।