रफाहमाथिको आक्रमण नरोकिने नेतन्याहूको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । इजरायलले गाजाको रफाहमा हमासविरुद्ध आक्रमण गर्ने र यसलाई विश्वको कुनै पनि शक्तिले रोक्न नसक्ने चेतावनी दिएको छ । 

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले तेल अभिभबाहिर रहेको सैन्य शिविरमा नयाँ भर्ना भएका सैनिकसँग भने, ‘इजरायली सेनाले रफाहसहित हमासका बटालियनहरूलाई हटाउने काम पूरा गर्नेछ ।’

 प्यालेस्टिनी सहरमा स्थल आक्रमण रोक्न अन्तर्राष्ट्रिय दबाब आइरहेको तर ‘आफूलाई  रोक्न सक्ने कुनै पनि शक्ति संसारमा नभएको उनले बताए। उनले रफाहमा कहिले आक्रमण गर्ने मिति भने खुलाएका छैनन् । 

गाजाको अन्य क्षेत्रमा कस्ने करिब १४ लाख मानिसहरू बमबारीबाट बच्न रफाहमा शरण लिइरहेका छन् । संयुक्त राष्ट्रसङ्घ र सहायता विज्ञहरूले गाजाको दक्षिणी शहर रफाहमा इजरायलले कुनै पनि सैन्य अभियान चलाउनु नहुने बारम्बार चेतावनी दिँदै आएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।