निर्वाचनसम्बन्धी पत्रकार महासङ्घ र प्रेस युनियनबीच तीन बुँदे सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युुनियनबीच पत्रकार महासङ्घको निर्वाचनको सम्बन्धमा तीन बुँदे सम्झौता भएको छ। 

नेपाल प्रेस युनियन केन्द्रीय समितिले राखेका मागबारे छलफल गरी महासङ्घलाई अगाडि बढाउनका लागि मंगलबार तीन बुँदे सम्झौता भएको हो । सम्झौतापत्रमा महासङ्घको तर्फबाट अध्यक्ष विपुल पोखरेल र युनियनका तर्फबाट अध्यक्ष शिव लम्सालले हस्ताक्षर  गरेका छन  ।

सम्झौतामा नेपाल पत्रकार महासङ्घको सुर्खेत साधारणसभाको मर्मअनुसार सदस्यता शुद्धिकरण अभियानलाई तार्किक निष्कर्षमा पुर्याउने, महासङ्घको विधानको प्रचलित व्यवस्थाअनुसार नियमित प्रक्रिया अगाडि बढाउने, महासङ्घको विधानमा देखिएका कतिपय अव्यावहारिक प्रावधानहरु महाधिवेशनमार्फत संशोधन गर्न पहल गर्ने तथा  सदस्यता टुङ्गो नलाग्दासम्म निर्वाचनका कुनै पनि तालिका सार्वजनिक नगर्ने उल्लेख छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।