एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय टोली घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ओमानमा हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा भएको छ। एसियन क्रिकेट  काउन्सिलले रोहित पौडेल कप्तान रहेको १४ सदस्यीय टोलीको सूची सार्वजनिक गरको छ।

नेपाली टोलीमा पौडेलसँगै कुशल भुर्तेल, सन्दीप जोरा, गुल्शन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अविनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजबंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह रहेका छन्।  

भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् । अन्य टोलीमा कुनै परिवर्तन गरेको छैन । एसिया कप छनौटसमेत रहेको प्रिमियर कपमा नेपालले चैत ३० गते पहिलो खेल खल्दैछ।

प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ । नेपाल, यूएई र ओमान विजेताको प्रमुख दाबेदार हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।