कांग्रेसकी पुडासैनी र एमालेकी विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि गराए मनोनयन दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन्। 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की छन्। त्यस्तै पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन्। 

सत्ता गठबन्धनकी साझा उम्मेदवार घिमिरेले आफू निर्वाचित भए राष्ट्रिय सभा अध्यक्षसँग सल्लाह गरेर विधेयक अघि बढाउने लगायतका काममा प्रभावकारी भूमिका खेल्ने बताइन्।

यसैगरी कांग्रेस उम्मेदवार पुडासैनीले आफूले नै चुनाव जित्नेमा ढुक्क रहेकाे बताउँदै जिम्मेवारी पाएपछि राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताइन्।

राष्ट्रिय सभा उपाध्यक्षका लागि निर्वाचन भने भाेलि हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।