काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताएका छन्।
नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले मुलुकको आर्थिक विकासमा निजि क्षेत्रको भूमिका अपरिहार्य भएकाले निजि क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताएका हुन्।
उनले एक हप्ताभित्र सदनबाट आवश्यक कानून परिमार्जन गरेर उद्योगमन्त्री र लगानीमैत्री वातावरण सिर्जना गर्ने जिकिर गरे। समायानुकल उद्योग नीति, बाणिज्य नीतिहरुलाई समयमानुकुल अघि बढाउने उनले बताए।
मन्त्री भण्डारीले आगामी आर्थिक बर्षको बजेटले उद्योगहरुलाई दिनुपर्ने सहुलियतलाई ध्यान दिइने जिकिर गरे।अहिलेको कर प्रणालीमा निजि क्षेत्रको असन्तुष्टिलाई अगामी बजेटले सम्बोधन गर्ने उनले बताए।

Comment