विदेशमा बस्ने नेपाली व्यापारीले ‘एनआरएन बिजेनेश एशोसियसन’ खोल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशमा व्यापार तथा व्यवासायी गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेका छन् । गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो ।

अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए ।

जोशी गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा महासचिवमा समेत विजयी भएका थिए ।

सर्वाेच्च अदालतको केहिदिन अघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेको थियो । सर्वाेच्चले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ।

नयाँ संस्था सञ्चालनको तयारीमा जुटेका जोशीले एनआरएनएभित्र चरम राजनीति हावी भएको बताउँदै अब यो संस्थाको औचित्य नहरेको समेत दावी गरे ।

‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद गर्नुमात्र हो। आफू–आफूबीच इगो पालेर केही हुँदैन । एनआरएनएको औचित्य शून्य भइसक्यो। यहाँ झगडा गर्दै बस्नुको कुनै अर्थ छैन,’ उनले भने ।

पूर्व अध्यक्षहरूको जुँगाको लडाईँले एनआरएनए अभियान सखाप भएको उनको आरोप छ। ‘मिल्ने बेला नमिल्ने। आफू–आफूहरूबीच इगो लिने ! अहिले कसरी मिल्छ त ? मिलेर ६ महिनाभित्र संस्था एक हुन्छ भन्नु असम्भव छ । कोही पनि भ्रममा नपरे हुन्छ,’ उनले भने।

जोशीले पछिल्लो समयमा विदेशमा नेपाली व्यवसायीहरूको संख्या बढ्दै गएको बताउँदै उनीहरूलाई समेट्न एउटा संस्था आवस्यक रहेको बताए ।

‘यो संस्था राजनीति गर्ने थलो हुँदैन । व्यापार–व्यवसायलाई मात्र केन्द्रित गरेर सञ्चालन हुन्छ। युवा पुस्ता र विदेशमा हुर्किरहेको पुस्तालाई समेट्ने टार्गेट हो,’ उनले भने ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।