काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्।
नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी दोस्रो पटक गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आज संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
उनलाई बहुमत पुर्याउन सभामुखको नामसमेत समावेश गरिएको भन्दै नेपाली कांग्रेसले विरोध गर्दै आएको थियो। तर प्रदेश प्रमुखले विरोध बीचमा उनलाई नियुक्ति गरेका हुन्।
Comment