झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ विन्दुमा झरेको हो ।यसदिन ३०२ कम्पनीको ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँ बराबरको ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँ बराबरको  कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ८ वटाको परिसूचक घटेको छ भने अन्य ५ को बढेको छ । आज गुराँस लघुवित्तको सर्वाधिक कारोबार भएको छ ।   यस कम्पनीको २३ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।