साझा पेट्रोल पम्प २४ सै घण्टा खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने भएको छ ।

बुधबार साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रम उद्घाटन गरे । अघिल्लो साताबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्प चौबिसै घण्टा खुला गरिएको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सुरक्षा निकायले आफ्ना पम्प चौबिसै घण्टा खुला गरेका थिए । नेपाल आयल निगम प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार देशभरि नै एउटा पालिकाभित्र कम्तीमा एउटा पम्प चौबिसै घण्टा खुला गर्ने योजना छ । यसका लागि आवश्यक तयारी पूरा गरी क्रमशः खुला गर्दै लैजाने उनले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।