गेर्खुमा बँदेलले धानबाली सखाप पारेपछि मर्कामा किसान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । जिल्लाको विदुर नगरपालिका ११ गेर्खुमा जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि किसानहरु हैरान भएका छन् ।

रातीको समयमा झुण्डमा आउने जंगली बँदेलको समूहले धानबाली सखाप पार्न थालेको गेर्खुका किसान सुर्दशन घिमिरेले जानकारी दिए। केही वर्ष यता जंगली जनवारले बालीनाली नोक्सान गर्न थालेको हो।

बर्सेनि लगाएको बाली जंगली जनावरले सखाप गर्न थालेपछि उत्पादनसमेत घटेको छ। जंगली बँदेललेले बालीनाली सखाप पार्न थालेपछि केही वर्षयता खेतसमेत बाँझै छोड्न थालेका छन्। जिल्लाका सबै जसो स्थानीय तहमा जंगली बँदेलको आतंक रहेको किसानहरुले बताएका छन्।

बर्सेनि बालीनालीमा क्षति व्यहोरे पनि उनीहरुले क्षतिपूर्ती भने कुनै निकायबाट पाउन सकेका छैनन्। कृषि क्षेत्रमा स्थानीय सरकारले ध्यान नदिएको किसानहरुको गुनासो छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।